हाम्रो बारेमा

भारत तथा विश्वका विभिन्न देशहरूमा रहनुभएका गोर्खा भाषा साहित्यका लेखक कवि र साहित्यिकका मनमा उब्जेका भावनाहरु, तरंग-लहर,कथा-व्यथ बिसाउने अनलाइन चौतारी हो गोर्खा परिवार।

गोर्खा परिवार डिजिटल साहित्यिक पत्रिका मार्फत्, गोर्खा जातिको जागरण अभियानमा टेवा दिने, साहित्य चर्चा, सृजना प्रकाशन, भाषाको सम्बर्धन र जगेर्ना गर्ने सानो प्रयास हो।

विशेषगरी हामी केही अक्लान्त गोर्खा भाषा साहित्यका सैनिकहरूको प्रचेष्टाबाट गोर्खा परिवारको जन्म भएको हो।

गोरखा परिवारको मुख्य उद्देश्य गोर्खा भाषा साहित्यको प्रवर्धन र सम्बर्धन गर्नु हो। साथै गोर्खा जातिको कला-साहित्य र संस्कृति आदिलाई प्रचार प्रसार गर्नु अथवा सँगाल्नु र अंगाल्नु यसको अर्को ठूलो उद्देश्य हो।

गोर्खा परिवार डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । गोर्खा परिवारमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा unicode फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई गोर्खा भाषा साहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।

यो हाम्रो प्रयासलाई सफल बनाउन समस्त गोर्खाजनमा सहाय र सहयोग गरिदिनुहुन हामी विशेष अनुरोध गर्दछौं।